बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सरकारले धर्म छोड्यो आफ्नो ज्यान आफै जोगाउनुस्
काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गर्दै प्रशासनले बिहीबारदेखि सार्वजनिक–निजी यातायातका साधन र व्यापार–व्यवसाय खोल्न दिने भएको छ ।
लामो समयदेखिको लकडाउन र निषेधाज्ञाका कारण असङ्गठित क्षेत्रका मजदुर र निमुखा वर्ग भोगभोकै मर्ने अवस्था आएको कारुणिक तस्बिर र भिडियो आइरहेको र अर्कोतिर कोरोना संक्रमणको ग्राफ दिनदिनै बढिरहेको अवस्थामा सरकारले जारी निषेधाज्ञा करिबकरिब हटाउने निर्णयमा पुगेको हो ।
काठमाडौं प्रशासनले भदौ ४ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधवार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको बताइएको छ । यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निष्कर्ष निकालेको छ ।
स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर–विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ । निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुनेछ । ००००