कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८

काठमाडाैँ । नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने दर घट्दै गएको छ । हाल सङ्क्रमित निको हुने दर ५८ प्रतिशतमा झरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल संस्थागत् आइसोलेशनमा नौ हजार १५४ र होम आइसोलेशनमा चार हजार ५६१ जना बसेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *