पाल्पामा पिसिआर मेसिनको लागि एक करोड निकासा

सुनिल कार्की ।

पाल्पामा पिसिआर मेसिन जडानको लागि एक करोड निकासा भएको छ ।
जिल्ला अस्पताल पाल्पाले नै पिसीआर मेशिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालको नाममा निकाशा गरेको हो । कोरोना संक्रमण , रोकथाम, नियन्त्रण तथा उपचारकोष सञ्चालक समितिको यही भाद्र २ गतेको १० औं बैठकबाट १ करोड रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का संघिय सांसद सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो  ।

जिल्लास्थित सिसिएमसी र अस्पताल ब्यवस्थापन समितिले छोटो प्रक्रियाबाट पिसिआर मेशिन तथा अन्य उपकरण खरिद गरी प्रयोगशाला सञ्चालन गर्न रकम निकास गरिएको प्रदान प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका उपसचिब बद्रीप्रसाद तिवारीले बताउनुभयो ।

पछिल्लो समय पाल्पामा कोरोना समुदायमा स्तरमा देखिन थालेको अवस्थामा परिक्षणको दायारलाई विस्तार गर्न सहज हुने अपेक्षा लिईएको छ । साथै छिमेकी जिल्लाहरु गुल्मी,अर्घाखाँचि लगायतका जिल्लाको स्वाब परिक्षण समेत टेवा पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *