नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कोरोनाको नाममा सरकारको खर्च ३ अर्ब बढी
काठमाडौँ । सरकारले कोरोनाभारइसको पिसिआर परीक्षणको लागि अहिलेसम्म ३ अर्ब बढी खर्च भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो ।
हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको उहाले बताउनुभयो । प्रवक्ता गौतमले एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको पनि बताउनुभयो ।
प्रवक्ता गौतमले एक हजार जनाको पीसीआर परीक्षण गर्नको लागि पीपीई सेट बाहेक प्रयोगशालामा मात्रै पाँच हजार पाँच सय रुपैयाँ खर्च हुने जानकारी दिनुभयो ।
यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने उहाले बताउनुभयो । प्रवक्ता गौतमले एकजनालाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी दिनुभयो । ०००