नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पाल्पाको रामपुरमा निशेद्याज्ञा
तानसेन । पाल्पाको रामपुर नगरपालिका १० दिनको लागि लकडाउन गरिएको छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि गए राति १२ बजेदेखि लागू हुने गरी १० दिनसम्म लकडाउन घोषणा हो । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयपछि प्रशासन र सुरक्षा निकायसँग छलफल गरि भदौ १२ गतेसम्म १० दिन नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय भएको हो ।
यस अवधिमा अति आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । औषधी पसलहरु निर्वाध रुपमा खुल्ला रहने छन् भने तरकारी, दुधका पसलहरु विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजे सम्म खुल्ला रहने छन् । बैंक तथा वित्तिय संस्थाहरु पनि विहान ११ देखि दिउँसो १ बजे सम्म खुल्ला रहने छन् । भिडभाड हुने अन्य पसलहरु भने बन्द रहने छ ।
नगर प्रमुख रमणबहादुर थापाले लकडाउनका एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्ने मानिसहरुले थप जोखिम बढाएकाले १० दिन लकडाउन गरेको बताउनुभयो । ०००