नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताउनुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताउनुभएको छ ।
उहाँले पनि आज साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाउनुभएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाउनुभएको छ ।