सिन्धुपाल्चोक पहिरो अपडेटः ३७ घर पुरिए, ३८ जना बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा बिहान गएको पहिरोले ३७ घर पुरिएका छन् भने ३८ जना बेपत्ता भएका छन् ।

उद्धारको काम भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले नाइस टेलिभिजनलाई जानकारी दिनुभयो । उद्धारका लागि सेना, सशस्त्र, प्रहरी र हेलिकोप्टर खटाइएको छ । मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न कठिन भए पनि तीन वटा हेलिकोप्टर परिचालन गरिएका छन् ।

पहिरो गएको ठाउँ जुगल गाउँपालिकाको कार्यालयबाट निकै टाढा पर्दछ । पहिरो खबर सुन्नासाथ हेलिकोप्टरमा जुगल जानु भएका सभामुख अग्नि सापकोटाले पहिरो गएको ठाउँको स्थलगत निरीक्षण गर्नु भएको छ । उहाँ गएको हेलिकोप्टरले केही घाइतेको उद्धार गरेको छ । सापकोटा सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *