बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

५ सय २५ जना कोरोना संक्रमित थपिए, उपत्याकामा १२७
काठमाडौँ । नेपालमा ५ सय बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ सय २५ जनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
थपिएका संक्रमित मध्ये १ सय २७ जना काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौं जिल्लामा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको थियो । सक्रिय संक्रमित आठ हजार २५ जना रहेका छन् भने क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ र होम क्वारेन्टाइनमा ४ सय ६६ जना रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित भएर उपचारमा रहेका जिल्लाहरू चार वटा रहेका छन् । काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । त्यसैगरी, शून्य सङ्क्रमित हुने छ वटा जिल्लाहरू रहेका छन् । सङ्खुवासभा, सोलुखम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।
यस्तै, बिहीबार एकसय नौजना उपचारपछि घर फर्केका छन् । यसरी अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ८३७ पुगेको छ । संक्रमित भएर मृत्यु हुने ९५ पुगेको छ । ०००