बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

इन्काउण्टरबारे यस्ताे अायाे गृहमन्त्री थापाकाे प्रतिक्रिया
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सत्यतथ्यकाे छानविन हुने र प्रहरी दाेषी देखिए उनीहरुलार्इ कारवाही हुने बताउनुभएकाे छ ।
प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउण्टरबारे सरकारले छानविन गर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ’यस विषयमा सरकार छानबिन गर्न पूर्ण प्रतिबद्धता रहेकाे छ।’
इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानविनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिबद्धता जनाउनुभएकाे हाे ।