नेकपाले ताेक्याे केन्द्रीय कार्यालय रहने स्थान

काठमाडाैँ  । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएकाे  छ ।  बिहिबार बसेको नेकपाकाे  सचिवालय बैठकले तत्कालीन नेकपा एमालेकाे कार्यलउ रहेकाे धुम्बाराहीमा एकिकृत पार्टीकाे कार्यलय राख्ने  निर्णय गरेको हो ।

बैठकले यसअघि एकिकृत नेकपा माअाेवादी केन्द्रकाे कार्यालय रहेकाे पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय समेत गरेको छ ।

त्यस्तै, बैठकले केही समयअघि पारित गरिसकिएको विधान र नियमावलीलाई थप व्यवस्थित ढंगले संगठन सञ्चालन गर्नका लागि त्यसका विभन्नि विनियमहरु, निर्देशिकाहरु, आचारसंहिताहरु निर्माण गर्ने प्रयोजनका लागि कार्यदल निर्माण गर्ने निर्णय समेत गरेको छ । कार्यदलमा नेताहरु सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल रहेका छन् । यसअघि पार्टी एकतालगत्तै विधान र नियमावली पारित भैसकेको छ ।

त्यस्तै, बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय समेत गरेको छ ।

त्यस्तै, बैठकले प्रादेशिक सांसद र सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय समेत गरेको छ भने साउन मसान्तभित्रमा राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *