नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

२ सय बढी कोरोना सक्रिय संक्रमित भएका जिल्लामा आवतजावत बन्द
काठमाडौं । सरकारले कोरोना भाइरस सक्रिय संक्रमित २ सयभन्दा बढी जिल्लामा आवतजावत बन्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सरकार लकडाउनको अवस्थामा नफर्किएको बताउँदै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा आवतजावत बन्द गरिएको जानकारी गराउनुभयाे । उहाँका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा यो नियम लागु हुनेछ । ती जिल्लामा आवातजावत गर्नुपरेमा सम्बन्धित स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले पनि कारण खुलाएर अत्यावश्यक कामका लागि मात्रै पास जारी गर्नुपर्ने निर्णय समेत सरकारले गरेको छ ।
यसैबीच सरकारले भारतबाट नेपाल आउने नागरिकका लागि मुलुकका विभिन्न १० वटा नाका मात्रै प्रयोगमा ल्याउने भएको छ ।
डा. खतिवडाले भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकले लागि अब काकडभिट्टा, रानी, माधव, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका प्रयोग गर्न पाउने बताउनुभयाे ।