कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक/एक जना रहेका छन् ।

धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा जनकपुरमा मृत्यु भएको थियो । धनुषाकै क्यानसर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएकोमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । काभ्रेकी एक महिलाको पनि कोरोना संक्रमणबाट साउन २७ गते मृत्यु भएको छ ।

साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका सिन्धुपाल्चकका ८४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पाइएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । यसअघि सोमबार पनि कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *