काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नेपालमा सङ्क्रमितकाे सङ्ख्या २३ हजार ९४८ पुग्याे, मगंलबार ६३८ थप सङ्क्रमित
काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमणको दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ जना पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ । प्रदेश अनुसार प्रदेश १ मा ५९९, प्रदेश २ मा ३ हजार ३४७, वागमती प्रदेशमा १ हजार ३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चि प्रदेशमा ८९६ सक्रमिय संक्रमितहरु रहेका छन् ।
यसअघि बुधबार देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए ।
त्यसैगरी शुक्रबार ४६४, शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् । सोमबार देशभर ३३८ संक्रमित थपिएका छन् भने १४० जना डिस्चार्ज भएका छन् ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
संक्रमित शुन्य हुने जिल्लाहरुमा सोलुखुम्बु, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ रहेको छ ।