पाल्पाकाे झुम्सामा एक युवकको शव फेला

सुनिल कार्की
पाल्पा । तिनाउ गाउँपालिका–३ झुम्सामा एक युवक मृत अवस्थामा फेला परेका छन । तिनाउ गाउँपालिका–६ मस्याम जन्तीलुङ ठेगाना भइ झुम्सामा बस्दै आएका २४ वर्षीय इन्द्रबहादुर लम्तरी मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार घटनाबारे जानकारी पाउनासाथ अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुरज श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ ।

स्थानीयको घर नजिकै प्रगतिशील महिला समूहको प्रतिक्षालयमा बिहान मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको झुम्साका वडाध्यक्ष प्रेम पाण्डेयले बताउनुभयो । स्थानीयका अनुसार मृतक लम्तरीको घाँटीमा निल डाम र खुट्टामा रगतका छिटा देखिएको छ ।

शंकास्पद घटना देखिएकोले प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ । मृतक युवा टिपर सह–चालक हुन । घटना बारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *