नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

वरिष्ठ लोकगायक प्रेमराजा महतका दम्पतीलाई कोरोना
काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु दुवैजना संक्रमित भएको जानकारी दिएका छन् ।
ध्यान राख्दा राख्दै दुर्भाग्यवस आफूहरु कोरोना संक्रमित हुनबाट बच्न नसकेको बताउँदै उनले समयमै सतर्कता नअपनाए विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो नराख्ने उल्लेख गरेका छन् । कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।
संक्रमण पुष्टि भएपछि आफ्नै घरको कोठामा आइसोलेशनमा बसेको र छोरा डा.सरगम महतको निरीक्षण र निगरानीमा रहेको जानकारी महतले गराएका छन् ।