नेपालमै बन्याे यस्ताे नमूना खुला कारागार

नेपालगञ्ज । बाँके जिल्लामा रहेकोे गनापुरमा देशकै पहिलो नमूना खुला कारागार निर्माण भएको छ । कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा पहिलो पटक खुला कारागार निर्माण गरेको हो ।

कम सजाय हुने मुद्दामा कारागार चलान भएका तुलनात्मकरुपमा आचरण ठीक भएका कैदीबन्दीलाई खुला कारागारमा राखिनेछ । उनीहरुले बिहान कारागार प्रशासनबाट अनुमति लिएर कारगारभन्दा बाहिर गएर काम गर्न, परिवारका सदस्यलाई भेट्न र जागिर गर्न सक्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । खुला कारागारमा बस्ने कैदीबन्दी साँझ तोकिएको समयभित्र कारागारमा प्रवेश गरेर रातभरि कारगारमै बस्नुपर्नेछ ।

करिब पौने दुई करोडको लागतमा सो कारागार निर्माण भएको हो । खुला कारागार परिसरमा निर्माण भएका दुई वटा बन्दीगृहमा चार वटा भान्साघरसहित ३६ वटा कोठा भएको कारागार शाखा बाँकेका प्रमुख देवेन्द्र श्रेष्ठले बताउनुभयो । निर्माण कार्य अन्तिम चरणमा पुगेको खुला कारागारमा विद्युत् जडान गरेर पानीको व्यवस्था हुँदा साथ कैदीबन्दीलाई राख्न सकिनेछ । कारागार परिसरमा ब्याडमिन्टन कोटसमेत निर्माण गरिएको छ । देशकै नमूनायोग्य कारागार बाँकेमा मात्रै निर्माण भएकाले गर्दा बन्दाबन्दीलाई निकै राहत हुने देखिन्छ ।

बाँके कारागारमा ५० महिला र २५० पुरुष गरी ३०० क्षमताको कारागार भवनमा अहिले ७९० जना कैदीबन्दी छन् । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दीलाई राखिएका कारण कारागारमा राखिएका कैदीबन्दीले आधारभूत सुविधासमेत नपाउन भएपछि यो कारागार निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *