नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कोरोना अपडेट : संक्रमितको सङ्ख्या २१ हजार नाघ्यो, ५८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टाको अवधिमा २ सय ५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक पत्रकार सम्मेलनमा नेपालमा पाँच हजार ९२५ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५९४ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २६ जना क्वारेन्टाइनमा छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ६५ जना संक्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार २६ जना संक्रमित कोरोना मुक्त भइसकेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । ०००