बुढा पनि सुरक्षित बुढी पनि सुरक्षित – तीज गीत भिडियाे

काठमाडौँ । आयुशी ढकालको नयाँ तीज गीत ‘सुरक्षित तीज’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरोना संक्रमणबाट जोगिने सन्देशसहितको तीज गीतको भिडियो मंगलबार ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गरिमा ज्ञवालीको स्वरमा रहेको गीतको शब्द सिर्जना दयाराम पाण्डेले गरेका हुन् । गीतको संगीत संयोजन भने चर्चित म्युजिक एरेन्जर बीबी अनुरागीले गरेका छन् ।

गीत मार्फत सामाजिक दुरी कायम गर्न र घरमै बसेर परिवार मै मनाउँदा कोरोना संक्रमणबाट सुरक्षित भइने भाव व्यक्त गरिएको छ । तीज मनाउने नाममा अनावश्यम भीडभाव नगर्न र भौतिक दुरी कायम गर्न पनि भनिएको छ ।

भिडियोमा रुविना अधिकारी, नग्मा श्रेष्ठ, बिनु शाक्य गुरास ढकाल लगायतले अभिनय गरेका छन् । बाल कलाकार आयुशी ढकालको जोडदार प्रस्तुती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *