काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
![](https://fairnepal.com/wp-content/uploads/2019/08/Money.jpg)
एकल पुरुष र बालबालिकालाई भत्ता
डोटी । सायल गाउँपालिकाले एकल पुरुष र अभिभावक विहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । जिल्लाको रहेका नौ वटा स्थानीय तहमध्ये सो गाउँपालिकाले पहिलो पटक भत्ता वितरण गर्न शुरुआत गरेको हो ।
गाउँपालिकाले दलित र गैरदलित समुदायका ५० देखि ६० वर्षसम्मका एकल पुरुषलाई मासिक रुपमा रु ५०० सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको हो । त्यसैगरी आमा बुवा नभएका बालबालिकालाई मासिक रु एक हजारका दरले भत्ता दिन थालिएको छ । आव २०७६÷७७ को गाउँसभाबाट एकल पुरुष र बुवाआमा नभएका बालबालिकालाई सामाजिक सुरक्षा दिने प्रस्ताव पारित भएसँगै कार्यविधि निर्माण गरी सामाजिक सुरक्षा भत्ता प्रदान गरिन थालिएको गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो ।
गाउँपालिका भित्रका ४३ जना पुरुष र विद्यालय नियमित जाने आमाबुवा विहीन १७ जना बालबालिकालाई अघिल्लो आर्थिक वर्षको रकम एकमुष्ट यस वर्षको साउन महिनामा वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता दिने कार्यको शुरुआत सायल सायल–४ बाट गरिएको छ । भत्ता पाउन थालेपछि त्यहाँका एकल पुरुष तथा आमाबुवा विहीन बालबालिका निकै खुसी भएका छन् ।