बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

अवरुद्ध बुटवल पाल्पा सडक एकतर्फी सुचारु
पाल्पा ।
सुनिल कार्की ।
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर परेको झरिका कारण आज विहानबाट अवरुद्ध भएको सडक दिउँसो ४ बजेबाट एकतर्फी सञ्चालना आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त प्रहरी नायब उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो ।
तिनाउ गाउँपालिका ३ दोभानको मथिल्लो सिद्धबाबा र तल्लो सिद्धबाबा बिचमा पर्ने ड्याम साइड क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सडक खुलेसँगै बिचबाटोमा रोकिएका सवारी आआफ्नो गन्तब्यमा लागेका छन ।
बुटवल पाल्पा सडक खण्डको यात्रा निकै जोखिमपुर्ण भएकोले सजगता अपनाएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रह गरेको छ ।