बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पाल्पाको रामपुर ७ मोहटीमा खिर खाँदा २९ जना विरामी, दुईजनाको अवस्था गम्भीर
पाल्पा ।
सुनिल कार्की ।
पाल्पाको रामपुर नगरपालिका ७ मा खिर खाँदा २१ जना गाउँले विरामी परेका छन । रामपुर ७ मोहटीका स्वा.मानबहादुर सुनारको १३ औं दिनको पुन्य तिथिमा खिर खाएका आफन्त सहित मोहटी र कठान गाउँका स्थानिय विरामी भएको रामपुर अस्पताल पाल्पाले जनाएको छ ।
अहिले मोहटी,कठान क्षेत्रका करिब २९ जना स्थानिय उपचारको लागि रामपुर अस्पताल आएको रामपुर अस्पतालका सुचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिनुभयो । विरामीमा टाउँको दुख्ने,ज्वारो आउने,पेट दुख्ने,वान्ता हुने टाउँको दुख्ने लगायतको समस्या देखिएको अस्पतालका सुचना अधिकारी कोइरालाले बताउनुभयो ।
रामपुर अस्पतालमा उपचार भएका २९ जना मध्ये १३ जनालाई थप उपचारको लागि तानसेन स्थित लुम्बिेनी मेडिकल कलेज रेफर गरिएको छ भने १६ जनाको रामपुर अस्पतालमै उपचार भईरहेको छ ।
रेफर गरेका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । विरामी मध्ये ८ जना पुरुष,२१ जना महिला छन भने ३ जना १४ वर्षमुनिका बालबालिका रहेका छन । विरामीले बताए अनुसार उनिहरुले खिर सहित तरकारी,अचार खाएको बताएका छन ।
केही विरामी अलि अत्तिएकोले लुिम्बेनि मेडिकल कलेज प्रभास रेफर गरिएको रामपुर अस्पतालले जनाएको छ ।