बुटवल पाल्पा सडक खण्ड अवरुद्ध,सडक दुई घण्टमा खुल्ने

पाल्पा ।
सुनिल कार्की ।
सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । गएराति देखि परेको निरन्तरको वर्षाका कारण बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरो खस्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।

तिनाउ गाउँपालिका ३ दोभानमा पर्ने सिद्धबाबा क्षेत्रमा वर्षा भईहेकोले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो । अहिले बुटवल पाल्पाबाट २ र पाल्पा तर्फबाट एउटा डोजरको प्रयोग गरि पहिरो हटाउने काम तिव्र गतिमा भईरहेको छ ।

पहिरो गएको ठाउँ मथिल्लो सिद्धबाबा र तल्लो सिद्धबाबा बिचमा पर्ने ड्याम साइड क्षेत्रमा हो । मौसम अनुकुल भए अबको दुई घण्टमा सडक सञ्चालनमा आउने प्रवक्ता गिरीले बताउनुभयो । विहान अवरुद्ध भएको तानसेन ८ गौडेपुलको पहिरो हटाएसँगै एकतर्फी सञ्चालनमा आएको छ ।

यता तानसेन नगरपाकिला वडा १३ मा अवस्थित पर्यटकीय क्षेत्र रानिाहल तानसेन सडक पहिरोले अवरुद्ध भएको छ । रानिमहल देखि ५०० मिटर माथि पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *