पाल्पाको तिनाउ गाउँपालिकामा झाडापखला विरुद्धको ‘रोटा खोप’ सुरु

सुनिल कार्की ।
पाल्पाको तिनाउँ गाउँपालिकामा झाडापखाला विरुद्धको रोटा खोप अभियान सुरु भएको छ । नेपालमा पहिलोपटक झाडापखला विरुद्ध सुरु गरिएको रोटा खोप अभियान अन्र्तरगत पाल्पाको तिनाउँ गाउँपालिमामा समेत आरम्भ गरिएको हो ।

पाँच वर्ष मुनिका बालबालिकालाई देखिने झाडापखालाको प्रमुख कारण रोटा भाईरस रहेको छ । तिनाउँ गाउँपालिका भित्रका पाँच वर्षमुनिका सम्पुर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोग विरुद्ध खोप उपलब्ध गराउने उद्धेश्यले रोटा भाईसर विरुद्धको खोप अभियानलाई वडा वडामा विस्तार गरिएको तिनाउ गाउँपालिकाले जनाएको छ ।

एक कार्यक्रमको आयोजना गरि तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले रोटा भाइरस विरुद्धको खोप अभियानमा तिनाउका सबै बालबालिकालाई सहभागी गराउन आग्रह गर्नुभएको छ । तिनाउँ गाउाँपालिकाको वडा नं ३ को झुम्सामा रोटा खोपको सुभारम्भ गर्दै अध्यक्ष घर्ती मगरले रोटाखोपबाट तिनाउ गाउँपालिकका भित्रका कुनै पनि बालबालिकालाई नछुटाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । नियमित ११ वटा रोग विरुद्ध निशुल्क खोप दिर्दै आएकोमा अब रोटा भाईरसबाट हुने झाडापखाला विरुद्धको खोपा पनि थप भएको जानकारी दिर्दै अध्यक्ष घर्ती मगरले तिनाउबासीलाई आफ्ना ५ वर्षमुनिका बालबालिकालई खोप अभियानमा सहभागी गराउन आवहन गर्नुभयो ।

बर्सेनि तीन लाख ५० हजार मानिस झाडापखालाबाट प्रभावित हुने गरेको तथ्यांकले देखाएको छ । सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार, हेपाटाइटिस ‘बि’, हेमोफिलस इन्फुल्युएन्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप तथा गर्भवती महिलाका लागि धनुष्टंकार र भ्यागुते रोगविरुद्धको टिडी खोप मात्रा निःशल्क उपलब्ध गराउँदै आएको छ ।

यस्तै उक्त कार्यक्रममा एक हजार दिनक आमाहरुलाई आमा र बच्चाको सरसफाई र पौष्टीक आहारबारे स्वास्थ्यकर्मीद्धारा जानकारी गराइएको छ । खोप सुभारम्भ कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले रोटाखोपको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम झुम्सा स्वास्थ्य इकाई ब्यवस्थापन समिति सदस्य सावित्रा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नर्सिङ इन्चार्ज रिता थापाले थियो । कार्यक्रमको सञ्चालन सिनियर अहेव ठाकुर कुवरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *