दोस्राे विश्वयुद्ध : हिरोशिमामा एटम बमले भत्काउन नसकेकाे भवन (फाेटाे फिचर)

संगिता भट्ट
जापान । सन्  १९४५ अगस्ट ६ तारिख मानव इतिहासमा पहिलो पटक जापानको हीरोशिमा शहरमा अमेरिकाले पहिलो आणविक वम खसाल्यो । वम विस्फोटमा परेर करिव ८० हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका थिए, भने ९० प्रतिशत शहर ध्वस्त भएको थियो । ९० प्रतिशत शहर ध्वस्त हुदाॅ पनि वमको निशानमा रहेको हीरोशिमा स्थित The Hiroshima Prefectural Commercial Hall बमको ‘असीम’ शक्तिले पनि भवनलाई नष्ट गर्न सकेन । तर प्रर्दशन भवनमा रहेका सबै मानिस मारिएका थिए ।

यो भवन अहिले विश्व सम्पदा सूचीमा सूचीकृत आणविक बम डोम (गेन्वाकु डोम) को रूपमा परिचित छ । चीन र अमेरिकाको विरोधका बावजुद, सन् १९९६ काे डिसेम्बरमा आणविक बम डोम युनेस्कोको विश्व सम्पदा सूचीमा विश्व सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण सम्मेलनको आधारमा दर्ता गरिएको थियो।

हिरोशिमा पीस मेमोरियल म्यूजियम परमाणु बम सम्बन्धी हिरोशिमाको सबैभन्दा ठूला संग्रालय हो । प्रख्यात वास्तुकार टंगे केन्जोले डिजाइन गरिएको, यो संग्रालय १९५५ मा खोलिएको हो । २००६ मा यसलाई जापानको महत्वपूर्ण सांस्कृतिक सम्पत्तिको रूपमा विश्वसम्पदा सूचीमा सूचिकृत गरिएको हो ।

पीस मेमोरियल पार्कमा संग्रहालयको दुईवटा भवनहरू छन्। मुख्य भवनमा बम विष्फोटको समयदेखि कलाकृतिहरूको विस्तृत संग्रह राखिएको छ भने पूर्वी भवन विभिन्न मिडियामार्फत शान्ति शिक्षामा केन्द्रित रहेको छ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *