What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

साउन १५ बाट पर्यटन व्यवसाय सञ्चालन हुने
What To Know
- प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुनेगरी छोटो मध्यम र लामो दुरीका जिल्लाभित्र तथा अन्तर जिल्लामा सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन आगामी भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।.
- विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आगामी भदौ १ गतेदेखि जिल्लाका विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षाहरु सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले तोकेको मापदण्डअनुसार खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल सञ्चालन गर्न पाउने निर्णय भएको जानकारी दिनुभयो ।.
जमुना गजुरेल
बिदुर । नुवाकोट काेराेनाकाे सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित होटल रेष्टुरेण्ट तथा ट्रेकिङ ट्राभल पर्वतारोणलगायतका पर्यटन व्यवसाय यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालको अध्यक्षतामा आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा हालसम्म भएका प्रयासको समीक्षा गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्ने गरी सामूहिक भोज पार्टी सेमिनार वा अन्य सामूहिक भेला हुने बाहेक साउन १५ गतेदेखि जिल्लास्थित होटलरेष्टुरेण्ट, ट्रेकिङट्राभल तथा पर्वतारोणलगायतका पर्यटन व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुनेगरी छोटो मध्यम र लामो दुरीका जिल्लाभित्र तथा अन्तर जिल्लामा सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन आगामी भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आगामी भदौ १ गतेदेखि जिल्लाका विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षाहरु सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले तोकेको मापदण्डअनुसार खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल सञ्चालन गर्न पाउने निर्णय भएको जानकारी दिनुभयो ।
त्यस्तै, नेपाल सरकारको अर्को सूचना आएपछि मात्रै तोकिएको सेवा र कार्यहरु जस्तै शैक्षिक संस्था, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सैलुन ब्यूटीपार्लर, तथा स्पा, स्विमिङ पुल जिमखाना हेल्थ क्लब, समूहमा खेलिने खेलकूद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभयो ।