What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
गौडेपुलमा पटक पटक पहिरो, सिद्धार्थ राजमार्ग फेरि अवरुद्ध
What To Know
- गए राति ८ ः३० बजेबाट अवरुद्ध सडक अहिले सम्म खुल्न सकेको छैन । सडक डिभिजन कार्यालयले ढिलो गरि जेसिबि पठाउदा सडक खुलाउन समय लाग्ने गरेको छ । अहिले स्काभेटर र रोलर डोजर प्रयोग गरि पहिरो पन्छाउने काम भईरहेको प्रभास प्रहरी चौकिले जनाएको छ । .
सुनिल कार्की
पाल्पा । सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल –पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्डको तानसेन ८ गौडे पुल नजिकै पहिरो जाँद राजमार्ग अवरुद्ध भएको हो ।

गए राति ८ ः३० बजेबाट अवरुद्ध सडक अहिले सम्म खुल्न सकेको छैन । सडक डिभिजन कार्यालयले ढिलो गरि जेसिबि पठाउदा सडक खुलाउन समय लाग्ने गरेको छ । अहिले स्काभेटर र रोलर डोजर प्रयोग गरि पहिरो पन्छाउने काम भईरहेको प्रभास प्रहरी चौकिले जनाएको छ । 
अहिले द्रुत गातिमा पहिरो हटाउने काम भईरहेकोले दिउँसो १ बजेसम्म सडक खुल्ने सम्भावना रहेको प्रभास प्रहरी चौकिका प्रमुख एक्का बहादुर नेपालीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा ठुला र मालबाहक सवारी गएराति देखि बिच बाटोमै रोकिएका छन भने साना र फोर हुइल गाडिले डुम्रे मस्याम हुँदै झुम्साको वैकल्पीक बाटो प्रयोग गर्ने गरेका छन ।






