बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

घट्यो नम्बरी सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नम्बरी सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ९ सय ९५ रुपैयाँ कायम गरिएको छ । यो साविक दिनको तुलनामा १० रुपैयाँले कम हो ।
पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनचाँदीको दरभाउ सातामा कारोवारको अन्तिम दिन शुक्रबार केही ओह्रालो लागेको छ । कोरोना महामारीकाबीच बजार खुलेदेखि नै सनुचाँदीको दरभाउमा ठूलो उथलपुथल आएको छ । नेपाली बजारको इतिहास मै सुनको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । अझै बढ्न सक्ने अनुमान गरिएको छ ।