मृगौला प्रत्यारोपणको अवैध धन्दा चलाउने डाक्टर पक्राउ

चितवन । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा भरतपुर मेडिकल कलेजका चार डाक्टर पक्राउ परेका छन् । प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाटै चार जना डाक्टरलाई पक्राउ गरेको हो । डा. राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका डाक्टर पक्राउ परेका हुन् ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले डाक्टरहरुलाई पक्राउ गरेको हो भने ब्युरोले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने तयारी गरेको छ ।

त्यो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको बताइएको छ । यही मुद्दामा उनीहरु संलग्न देखिपछि पक्राउ गरिएको प्रहरीको जिकिर छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *