नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनको मूल्यमा सामान्य गिरावट कति छ तोलाको ?
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य साताकोक अन्तिम दिन शुक्रबार २ सय रुपैयाँलेले घटेको छ ।
नेपाल सुन चाँदि व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै चादिँ प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चादिँको मूल्य बिहीबारको तुलनामा स्थिर रहेको छ ।
कोरोना महामारी र लकडाउनकबीच बजार खुलेदेखि नै सुनको मूल्यमा उतारचढाप आइरहेको छ । हिन्दु नेपाली महिलाको खास पर्व तीन नजिकिँदै गर्दा सुनको मूल्य एकाएक आकाशि रहेको छ । बजारमा किन्ने भन्दा बेच्नेहरुको सङ्ख्या बढीरहेको स्थानीय व्यवसायीहरुको भनाई छ । ०००