नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बन्दूकसहित दुई पक्राउ
जमुना गजुरेल ।
नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको छ ।
तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज तिनका आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सानुबाबुका घरमा लुकाएर राखिएको बन्दूकसहित उनीहरुलाई पक्राउ गरिल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । अभियुक्तहरुलाई हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने बताइएको छ ।