गुल्मीमा एकै दिन ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि

तम्घास । गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १५४ पुगेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

शुक्रबार सङ्कमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मीदरबार गाउँपालिकाका १४ जना, इश्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका दुई जना रहेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

उनीहरूको उमेर समूह १६ देखि ५९ सम्मको रहेको र अन्य पहिचान गर्ने कार्य भइरहेको आर्चायले जानकारी दिनुभयो । सङ्क्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण दुई जनाको निधन भएको छ भने चार जना उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *