बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पाल्पामा देखियो बिरामी कुरुवामा कोरोना
सुनिल कार्की
पाल्पा । पाल्पाको तानसेनस्थित लुम्बिेनी मेडिकल कलेजमा विरामी कुरुवामा कोरोना संक्रमण भेटिएको छ ।
एक हप्ता अगाडी मुटु दुख्ने समस्या भएपछि गुल्मीबाट पाल्पा उपचारको लागि आएकी ६० बर्षकी एक महिलाको कुरुवामा कोरोना पोजेटिभ देखिएको हो । उपचारत विरामीको रिपोर्ट भने नेगिटिभ आएको छ । संक्रमित कुरुवा वर्ष ३२ की महिला अर्घाखाँची मालारानीकी हुन् भने ६० बर्षकी उनकी आमा रेसुंङगा नगरपालिका ९ गुल्मी निवासी हुन् । कुरुवा उपचारत ६० वर्षीय विरामीको छोरी रहेको खुलेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पिसिआर परीक्षण पछि उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । संक्रमित महिलाको लुम्विनी मेडिकल कलेजको कोरोना उपचार वार्डमा उपचार भइरहेको छ भने ६० बर्षकी आमाको आईसोलेशन शाखामा उपचार भई रहेको अस्पतालका अध्यक्ष गोपाल पोख्रेरलले जानकारी दिनुभयो । अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
विरामीको कुरुवालाई नै कोरोना देखिएपछि मेडिकलमा कलेजमा क्रास बढेको छ । कुरुवामा समेत संक्रमण देखिएसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
लुम्बेनी मेडिकल कलेजमा अहिले १९ जना कोरोना संक्रमितको आईशोलेशनमा उपचारत छन । उपचार हुनेमा जिल्लाको रम्भा गाउँपालिकाका १६ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र आर्घाखाँचि जिल्लाका १ जनाको उपचार भईरहेको छ ।
पाल्पामा यस अघि एक जनाको कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।०००