नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपालमा एकै दिन अहिलेसम्मै सबैभन्दा बढी कोरोना संक्रमित भेटिए
काठमाडौँ । नेपालमा एकै दिन अहिलेसम्मै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । सोमबार एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएको बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मंगलबार ४० जना महिला र ५४६ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरु मध्ये ५३९ जना महिला र ६ हजार ६ सय ३८ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृगौला सम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो ।
१ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।
योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । ०००