हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
धान नरोप्दै तोक्यो सरकारले धानको समर्थन मूल्य
काठमाडौँ । सरकारले यो पल्ट रोपाइँ सक्नु अघिनै आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ ।
विगतका वर्षमा पनि मुख्य खाद्य बालीको समर्थन मूल्य तोक्ने गरिएको भएपनि बाली लगाउनु अगावै मूल्य तोकिएको भने यो नै पहिलो पटक हो । हिजो बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको संरक्षित कृषि, सुनिश्चित बचत नीतिअनुरुप बर्खे धानको समर्थन मूल्य तोकेको हो ।
मध्यम खाले धानको समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ८ सय ८५, मोटो धानको समर्थन मूल्य २ हजार ७ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । तोकिएको समर्थ मूल्यभन्दा बढीमा किसानले बिक्री गर्न नसकेमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान किन्नेछ ।
यो आर्थिक वर्षका लागि भने सरकारले ढिला गरी मोटो धानको मूल्य प्रति क्वीन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रति क्वीन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको थियो । सरकारले धान रोप्नुअघि नै समर्थन मूल्य तोक्दा किसानहरु भने उत्साही भएका छन् ।०००