नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

क्वारेन्टाइनमै विवाह
दाङ । दाङको घोराहीमा एक जाडीले क्वारेन्टाइनमै विवाह गरेका छन् । भारतबाट अएर बसेका प्रेमी जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै विवाह बन्धनमा बाँधिएका हुन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टाइनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयो ।
‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ’ उहाँले भन्नुभयाे, ‘क्वारेन्टिनमा बसेको बेलामा घर परिवारको सल्लाहमा जोडीको विवाह भयो ।’
क्वारेन्टाइन नजिक वर, पिपलको रुखमुनि वैवाहिक कार्यक्रम गरिएको र नव जोडी अहिले घरमा गएको अध्यक्ष अर्यालले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई एक हप्ता सम्म अलग्गै बस्न भनिएको पनि बताउनुभयो ।
विवाह बन्धमा बाँधिएका पुरुष २३ वर्षका र महिला २१ वर्षका हुन् ।
सोही क्वारेन्टाइनमा बसेका ४ जनाको पीसीआर रिपोर्ट भने पोजेटिभ आएको छ । उनीहरुलाई आइशोलेसनमा राखिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।