हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कोरोना बारे प्रधानमन्त्री ओलीकाे भविष्यवाणी : साउनको मध्यमा उच्च बिन्दुमा र कार्तिकबाट कम
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनको मध्यमा कोरोना उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने बताउनु भएको छ । तर यो आफ्नो तर्क नभइ विश्व स्वास्थ्य संगठनको आधारमा रहेको बताउनुभयो ।
बुधबार संसद बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसो नहुन पनि सक्छ तर त्यो आंकलन विश्व स्वास्थ्य संठनको हो ।” प्रधानमन्त्री ओलीले विदेबाट आउने व्यक्तिहरुको संख्या बढेसँगै कोरोना संक्रमण थप बढ्न सक्ने पनि बताउनुभयो ।
संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले बजेट कोरोनालाई समाप्त पार्ने विषयमा नै केन्द्रित रहेको बताउनुभएका हाे । सरकारको सारा ध्यान कोरोना नियन्त्रणमा रहेको र बजेटमा स्वास्थ्य प्राथमिकतामा परेको उहाँको भनाइ छ ।
नेपालमा बुधबारसम्म कुल कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार बुधबार ९० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जम्मा ६ सय ७४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म पिसिआर बिधिबाट १ लाख १० हजार ७४४ परिक्षण र आरडिटी बिधिबाट १ लाख ७२ हजार ८८० परिक्षण भएको छ ।
हाल मुलुकभर ३ हजार ६७५ जना आइशोलेशनमा रहेका छन् भने क्वारेन्टाइनमा १ लाख ७२ हजार २६६ रहेको स्वास्थ्याे मन्त्रालयले जनाएको छ । ०००