What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एमसीसीको बिरोधमा पाल्पामा प्रदर्शन
What To Know
- विरोध कार्यक्रममा राष्ट्रिघाति एमसिसि सम्झौता खारेज गर,भारतीय सेना नेपाली भुमि छोड,संघियता खारेज गर लेखिएका प्रर्चा च्यातेर विरोध गरिएको थियो । अमेरिकी मिलिनियम च्यालेन्ज कार्पोरेशन (एमसिसिले) नेपालकोे स्वतन्त्रता,सार्वभौमता र अखडता माथि प्रशन उठाएको भन्दै विरोध प्रर्दशन कार्यक्रम गरेको अध्यक्ष दर्लामीले बताउनुुभयो ।.
- विरोध कार्यक्रममा अमेरिकी सेना नेपाल आउनु नेपालको लागि दुर्भाग्यपुर्ण हुने भन्दै एमसिसि सम्झौता कुनै पनि हालतमा खारेज गर्न अखिल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले माग गर्नुभयो । नेपालमा विकास निर्माणको बाहानमा संसदबाट पास गर्न लागिएको भन्दै एमसिसिले विकासको नाममा विनाश हुने आरोप समेत घिमिरेले लगाउनुभयो ।.
सुनिल कार्की
पाल्पा । सरकारका विभिन्न गतिविधिको विरोधमा राष्ट्रिय जनमोर्चा नेपालले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रर्दशन कार्यक्रम गरेको छ । गणतन्त्र आएको देशमा जनतालाई दुख दिने बाहेक सरकारले अरु केही उपलब्धि हासिल गर्न नसकेको आरोप लगाउँदै राष्ट्रिय जनमोर्चा पाल्पाले जिल्लामा विरोध सभा कार्यक्रम गरेको राष्ट्रिय जनमोर्चा पाल्पाका जिल्ला अध्यक्ष विशाल दर्लामीले बताउनुभयो ।
विरोध कार्यक्रममा राष्ट्रिघाति एमसिसि सम्झौता खारेज गर,भारतीय सेना नेपाली भुमि छोड,संघियता खारेज गर लेखिएका प्रर्चा च्यातेर विरोध गरिएको थियो । अमेरिकी मिलिनियम च्यालेन्ज कार्पोरेशन (एमसिसिले) नेपालकोे स्वतन्त्रता,सार्वभौमता र अखडता माथि प्रशन उठाएको भन्दै विरोध प्रर्दशन कार्यक्रम गरेको अध्यक्ष दर्लामीले बताउनुुभयो ।

विरोध कार्यक्रममा अमेरिकी सेना नेपाल आउनु नेपालको लागि दुर्भाग्यपुर्ण हुने भन्दै एमसिसि सम्झौता कुनै पनि हालतमा खारेज गर्न अखिल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले माग गर्नुभयो । नेपालमा विकास निर्माणको बाहानमा संसदबाट पास गर्न लागिएको भन्दै एमसिसिले विकासको नाममा विनाश हुने आरोप समेत घिमिरेले लगाउनुभयो ।
विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोम कुमार कार्कीले राष्ट्रिघाती एमसिसिलाई कुनै पनि हालतमा पास गर्न नहुने बताउनुभयो । यदी नेपाली जनताको हित विपरित पास भए राष्ट्रिय जनमोर्चा चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
पाल्पा स्थित तानसेनको आन्दोलन चोकमा भएको विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तिलक गाहा,कोषाध्यक्ष टिकाराम पौडेल,अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य नरमति सिंजाली,जिल्ला अध्यक्ष उमा सिंजाली लगायतका नेता तथा कार्यक्रर्ताको उपस्थिति रहेको थियो ।






