३ वर्षीय बालिकासहित थप ७७ जनामा कोरोना पुष्टि

काठमाडौँ । सप्तरी, बारा र पर्सामा ३ वर्षीय बालिकासहित थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो विवरण अनुसार सप्तरीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सप्तरीको बलान बिहुल गाँउपालिकाका १६ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेका स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । १६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै सप्तरीमा कुल ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको कोरोना विशेष अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

त्यस्तै बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिकाका ३ पुरुष एक महिला र एक ३ वर्षीय बालिकामा कोरोना देखिएको हो । उनीहरु सबै केही दिन अघि भारतबाट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहले जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या ३ हजार ५ सय २५ जना पुगेको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *