फेरि थपिए झापामा कोरोना संक्रमित, २१ सय नाध्यो सङ्ख्या

विराटनगर । मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइनमा बसेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु पाँचैजना भारतबाट नेपाल आएको बुझिएको छ । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेका छन् । झापामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना डिस्चार्ज भएका छन् ।

पाँचजना संक्रमित थपिएसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ । प्रवक्ता देवकोटाका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । योसँगै कुल २६६ डिस्चार्ज भएका छन् ।

क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८२५ रहेका छन् । कुल संक्रमितमध्ये पुरुषको संख्या १ हजार ९४९ र महिला १५० जना छन् । संक्रमणबाट हालसम्म नेपालमा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयले हालसम्म पिसिआर ७५ हजार ३ सय ४५ र आरडीटी १ लाख १६ हजार ३४५ परीक्षण गरेको जानकारी दिएको छ । हाल १ लाख ४५ हजार ३७५ जना क्वारेन्टाइनमा छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *