नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

असार १ गतेबाट सरकारले यसरी पढाउँदैछ विद्यार्थी (निर्देशिकासहित)
काठमाडौँ । सरकारले लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठन–पाठन गराउने तयारी गरेको छ ।
कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नदेखिएपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठन–पाठन गराउन लागेको हो । त्यसका लागि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’स्वीकृत गरेको छ ।
विद्यालय खुलेर नियमित पठन–पाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाई सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ ।
विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय भने नभएको मन्त्रालयले प्रष्ट पारेको छ । १२ पृष्ठ लामो निर्देशिकामा प्रविधिका माध्यमबाट पठन–पाठन गर्न सकिने उल्लेख छ । इन्टरनेट, रेडियो, टिभी, अनलाइन तथा अफलाइनबाट पठन–पाठन गर्न सकिने मन्त्रालयको निष्कर्ष छ ।०००