देउवा प्रधानमन्त्री हुँदा फेल भएको संविधान संशोधन प्रस्ताव व्युँताउने कांग्रेसको कसरत

काठमाडौँ । मुख्य विपक्षी कांग्रेसले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा फेल भएकै संविधान संशोधन प्रस्ताव व्युँताउने भएको छ ।

कांग्रेसले अघिल्लो सरकारका पालामा संसदमा दुई तिहाइ पु¥याउन नसकेर तीन वर्षअघि फेल भएकै प्रस्ताव फेरि व्युँताउन लागेको हो । शनिवार ८ घण्टा चलेको कांग्रेस बैठकले देउवा नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।

उपसभापति विमलेन्द्र निधिलगायतले यो प्रस्ताव फेरि ल्याउन माग गरेपछि कांग्रेसले यस्तो निर्णय गरेको हो । आइतवार मात्रै सरकारले लिम्पियाधुरासहितको नक्सालाई निशान छापमा राख्न भन्दै संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेको छ । कांग्रेसले यो प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइसकेको छ । तर, यही बेला कांग्रेसले अर्को चलाखि पनि गरेको छ । संविधान संशोधनको च्याँखे दाउँ कुरिरहेका राजपा र समाजवादी पार्टीलाई समेत खुसी पार्ने गरी कांग्रेस दोहोरो भूमिकामा देखिएको हो ।

तर, राजपाका नेताहरुले भने कांग्रेसले औपचारिकता लागि मात्रै नभई पारितै गर्न सक्नेगरी संशोधन प्रस्ताव ब्युँताउनु पर्ने बताएका छन् । त्यो बेला कांग्रेसले संसदमा पेश गरेको संशोधनमा भाषा, वैवाहिक अंगीकृत नागरिकता, जनसंख्याको अनुपातमा निर्वाचित हुने व्यवस्थासहित प्रदेशको संख्या तथा सीमाङ्कन हेरफेरका लागि संघीय आयोग गठन गर्नेसम्मका विषय समावेश छन् ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *