What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाली सेनाले गर्यो काेराेना संक्रमणबाट मृत्यु भएकी २ वर्षीया बालिकाकाे अन्त्यष्टि
What To Know
- शवलाई बडिमालिका नगरपालिकाको टिपरमा राखेर घाटसम्म लगिएकाे थियो। डोजरले खाल्डो खनेर शव पुरिएको बताइएकाे छ । बाजुरा बुढीगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।.
- मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका, आमा र बाबुलाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाव धनगढी पठाइएको थियो । उनीहरु ८ दिन अघि भारतबाट आएका थिए ।.
धनगढी । बाजुरामा कोरोना संक्रमणबाट मृत्यु भएकी बालिकाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ। समरजित गुल्मका नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकी बालिकाको शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गरेको सेनाका मेजर रबिन श्रेष्ठले जानकारी दिनुभयाे ।
मृतक बालिकाको शव जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्षमा राखिएको थियो। बडिमालिका नगरपालिकाको बुढिगंगा नदीको किनारमा बालिकाको अन्त्येष्टि गरिएको हो।
शवलाई बडिमालिका नगरपालिकाको टिपरमा राखेर घाटसम्म लगिएकाे थियो। डोजरले खाल्डो खनेर शव पुरिएको बताइएकाे छ । बाजुरा बुढीगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।
मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका, आमा र बाबुलाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाव धनगढी पठाइएको थियो । उनीहरु ८ दिन अघि भारतबाट आएका थिए ।