स्वतन्त्र पत्रकार संघ पाल्पाद्वारा क्यालेण्डर प्रकाशन

पाल्पा । स्वतन्त्र पत्रकार संघ नेपाल पाल्पा शाखाले नयाँ वर्ष २०७७ को क्यालेण्डर प्रकाशन गरेको छ । पाल्पाको ऐतिहासिक स्थल, संघका गतिविधि, स्थानीय तहका सामाजिक सन्देश र महत्वपूणर् तिथि मिति समावेश गरी प्रकाशित क्यालेण्डर शुक्रबार सार्वजनिक गरिएको हो ।

स्वतन्त्रका केन्द्रीय उपाध्यक्ष अम्बिका पाण्डे, केन्द्रीय महासचिव जीवलाल सुवेदी, प्रदेस ५ कार्यसमिति सदस्य भविन्द्र गौतम, जिल्ला अध्यक्ष भोजराज भट्टराई र कोषाध्यक्ष प्रकाश न्यौपानेले संयुक्त रूपमा क्यालेण्डर विमोचन गर्नुभयो । जिल्ला अध्यक्ष भोजराज भट्टराईले संघले जिल्लाबाट सम्पादित केही गतिविधि समावेश सहित प्रकाशित क्यालेण्डरलाई लकडाउन खुलेपछि देशभरका शाखासम्म पु¥याइने बताउनुभयो । भट्टराई संयोजक रहेको प्रकाशन समितिमा भविन्द्र गौतम, अम्बिका पाण्डे, जीवलाल सुवेदी, राम ज्ञवाली र प्रकाश न्यौपाने रहनुभएको छ ।

यसअघि स्वतन्त्रको पाल्पा शाखाको संयोजनमा स्वतन्त्र सन्देश अंक २ प्रकाशन भएको थियो । संघले वार्षिक रूपमा देशभरका शाखाहरूको गतिविधि समावेश गरी स्वतन्त्र सन्देश प्रकाशनलाई निरन्तरता दिएको र केही शाखाहरूले क्यालेण्डर प्रकाशन गरेको केन्द्रिय महासचिव जीवलाल सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *