कति बढ्यो चुरोट र सुर्तीको मूल्य ?

काठमाडौं । हरेक नयाँ आर्थिक वर्षमा आउने बजेटपछि जनताले अनुभूति गर्ने भनेको महंगी नै हो । त्यो नुनदेखि सुनसम्मको बजार भाउ बजेट आएलगत्तै आकासिन थाल्छ । सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्यभन्दा दोब्बर तेब्बर बस्तुको भाउ बढाउँछन् ब्यापारीहरु भन्न त सरकार बजेट भाषण मै महंगी नियन्त्रण गरिनेछ पनि भन्छ । तर राजश्व महशुल बढाएको निहुँमा ब्यवसायीले आम उपभोक्ताबाट बढेको राजस्व महशुलको तुलनामा कयौँ गुणा बढी मूल्य असुल्छन् ।

चुरोट र सिगारमा प्रतिखिल्ली ५० पैसा स्वास्थ्य जोखिम कर बढाइएको छ । एक प्याकेट चुरोटमा २० खिल्ली हुने भएकाले बृद्धि भएको कर अनुसार सोझो हिसावले पनि अब प्रतिप्याकेट कम्तिमा १० रुपैयाँ मूल्य बृद्धि हुनेछ ।

बिहीबार संयुक्त सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सरकारले चुरोट, बिँडी, सिगार तथा अन्य अम्मलजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । अर्थमन्त्रालयका अनुसार अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादन हुने बिँडीमा प्रतिखिल्ली २५ पैसा भाउ बढ्ने भएको छ । चुरोट र सिगारमा प्रतिखिल्ली ५० पैसा स्वास्थ्य जोखिम कर बढाइएको छ । एक प्याकेट चुरोटमा २० खिल्ली हुने भएकाले बृद्धि भएको कर अनुसार सोझो हिसावले पनि अब प्रतिप्याकेट कम्तिमा १० रुपैयाँ मूल्य बृद्धि हुनेछ ।

खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाई असुल गरिने मन्त्रालयले जनाएको छ ।

यस्तो कर पैठारीका बखत भन्सारबिन्दु र स्वदेशी उत्पादनको हकमा प्रतिष्ठानबाट निष्काशन हुने बेला असुल हुने भएको छ । यसको नियमन भने आन्तरिक राजस्व विभागबाट हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *