हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
अनलाइनमा समेत लोक कल्याणकारी विज्ञापन दिइने
काठमाडाैँ । सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पुर्याउने र आगामी वर्ष देशभरि फोर-जी सेवा पुर्याइने बताइएको छ । सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गर्नुभएको छ ।
उहाँले पत्रकार बिमालाई निरन्तरता दिने बताउनुभएको छ । अनलाइनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरिने भएको छ । प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन गर्ने र चलचित्र विकास बाेर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उहाँले बजेट भाषणमा उल्लेख गर्नुभएको छ ।