What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सर्वोच्चको ऐतिहासिक फैसला : लकडाउनको अवधि शून्य घोषणा
What To Know
- काठमाडौँ । सर्वोच्च अदालतले कोराना महामारीको नियन्त्रणका लागि लागू गरिएको लकडाउनलाई लिएर ऐतिहासिक फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित १९ जना न्यायाधीशको बृहत पूर्ण इजलासले लकडाउनको अवधिलाई ‘शून्य अवधि’ घोषणा गर्ने ऐतिहासिक फैसला सुनाएको हो ।.
- सर्वोच्चको बृहत पूर्ण इजलासले चैत ९ गतेदेखि जारी लकडाउनको अवधिलाई गणना नगरी लकडाउन खुलेको एक महिनाभित्र अदालतमा उपस्थित भए पनि मान्यता दिने फैसला गरेको हो ।.
काठमाडौँ । सर्वोच्च अदालतले कोराना महामारीको नियन्त्रणका लागि लागू गरिएको लकडाउनलाई लिएर ऐतिहासिक फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित १९ जना न्यायाधीशको बृहत पूर्ण इजलासले लकडाउनको अवधिलाई ‘शून्य अवधि’ घोषणा गर्ने ऐतिहासिक फैसला सुनाएको हो ।
लकडाउनका कारण अदालत बन्द हुँदा म्याद, हदम्याद र तारेख नाघेका मुद्दामा के गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएको अवस्थामा ‘अड्बड’को आदेश जारी गरेको छ ।
सर्वोच्चको बृहत पूर्ण इजलासले चैत ९ गतेदेखि जारी लकडाउनको अवधिलाई गणना नगरी लकडाउन खुलेको एक महिनाभित्र अदालतमा उपस्थित भए पनि मान्यता दिने फैसला गरेको हो ।
सर्वोच्चबाट जारी ५२ पृष्ठ लामो आदेशमा हदम्याद, म्याद वा यसबीचको तारिख गुज्रिएकाहरुको हकमा लकडाउन खुलेको मितिले बाटो म्यादबाहेक तीन दिनभित्र दर्ता गरे कानून बमोजिम कारबाही र सुनुवाई गर्ने उल्लेख छ ।
सर्वोच्चको मुद्दा महाशाखा र केही अधिवक्ताले दर्ता गरेको रिट निवेदनमाथि जेठ ५ गते सुनुवाई भएको थियो । गएको आइतवार अर्थात् जेठ ११ गते नै निर्णय सुनाउने तय भएको थियो, तर पूर्वन्यायाधीशको निधनका कारण बिदा दिइएकाले त्यो दिन निर्णय सुनाउन नसकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनु भयो ।०००