सरकारले खेल क्षेत्रको बजेट घटायो

काठमाडौँ । सरकारले आउने आर्थिक वर्षका लागि ल्याएको बजेटमा खेलकूद छायाँमा परेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ ।

युवा तथा खेलकूद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकूद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनु भयो ।

यो आर्थिक वर्षमै मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७५÷७६ मा सरकारले ४ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

अर्थमन्त्री खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिएपनि खेलकूद क्षेत्रका अगुवाले खेल क्षेत्र छायाँमा परेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकूद क्षेत्रको बजेट निरुत्साहित रहेको प्रतिक्रिया दिनु भएको छ ।

यस्तै, अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि खेलकूद क्षेत्रको बजेट सन्तोषजनक नरहेको बताउनु भएको छ ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *