कोरोनाले घट्यो बजेट (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले आउने आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । तर, आउने आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार भने घटेको छ ।

बुधवार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट सार्वजनिक गर्नु भयो । यो आर्थिक वर्ष २०७६÷०७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले आउने आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार केही घटाएको हो ।

 कूल वजेट १४ खर्ब ७४ अर्ब ६४ करोड
९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्च
३ खर्ब ५२ अर्ब ९१ करोड विकास खर्च
१ खर्ब ७२ अर्ब ७९ करोड वित्त व्यवस्था

राजस्व: ८ खर्ब ८९ अर्ब
बैदेशिक अनुदान: ६० अर्ब ५२ करोड
बैदेशिक ऋण: २ खर्ब ९९ अर्ब
आन्तरिक ऋण: २ खर्ब २५ अर्ब

आउने आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ बजेटको स्रोत जुटाइने अर्थमन्त्री खतिवडाले जानकारी दिनु भएको छ । यस्तै, उहाँले आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने बताउनु भएको छ ।

यस्तै, सरकारले शिक्षा क्षेत्रलाई १ खर्ब ७२ करोड बजेट दिँदा भौतिक पूर्वाधारको बजेट २५ अर्बले घटाएको छ । सँधै प्राथमिकतामा पर्दै आएको पुनःनिर्माणमा पनि यो पल्ट ६६ अर्बले बजेट घटेको छ भने खेलकूद क्षेृत्रको बजेट साढे एक अर्बले घटेको छ ।

यस्तै, सधै विवादमा पर्ने गरेको सांसद विकास कोषको बजेट पनि घटेको छ । अब एक निर्वाचन क्षेत्रलाई ४ करोड दिने भनिएको छ । यस्तै सरकारले आगामी आर्थिक वर्षको आर्थिक बृद्धि ७ प्रतिशत हुने अनुमान गरेको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *