बजेटमा विज्ञको प्रतिक्रिया : कृषि प्राथमिकतामा नपरेको गुनासो

काठमाडौँ । उद्योगी व्यवसायीले कोरोनाले चौपट पारेको अर्थतन्त्रलाई सहयोग पुग्ने गरी बजेट आएको प्रतिक्रिया दिँदा विपक्षी दल एवं अर्थका जानकारहरुले कृषि र स्वास्थ्य क्षेत्र फेरि पनि प्राथमिकतामा नपरेको गुनासो गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अधयक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागत योग्य भएको बताउनु भएको छ । उत्पादनका लागि आउनुपर्ने आर्यक्रम भने अपेक्षाअनुसार आउन नसकेको उहाँले बताउनु भएको छ ।

तर, विपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपाले पूरानै ढर्राको बजेट आएको प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य र कृषिमा बजेट नपुगेको बताउनु भएको छ भने यो बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न समेत कठिन हुने प्रतिक्रिया दिनु भएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा गएको वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसकिने बताउनु भएको छ ।

यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनालले यो वर्षको बजेटमा नारा कम सुनिए पनि पोहोरकै बुँदाहरु दोहोरिएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भौतिक पूर्वाधारको बजेट घटेको भन्दै चिन्ता गर्नु भएको छ ।०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *