कोरोना संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

बुटवल । कोरोना भाइरसकाे संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । गुल्मी मदाने गाउँपालिका–६ का उनको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गत जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनलाई दुई दिन आईसीयूमा राखिएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि भेल्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारको आग्रहमा क्रिमशन अस्पतालमा नै उपचार भएको थियो ।

नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट ज्यान गएको छ। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *